राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 02:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयक पारित गरेको हो । संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जनाएपनि सभामुख कृष्णबहादुर महराले संसदको कारबाही अघि बढाएका थिए ।

कांग्रेसको अवरोधकै बीचमा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले विधेयकमाथिको छलफलका लागि प्रस्ताव अघि बढाएका थिए । अवरोधका समयमा छलफलमा कुनै पनि सांसद सहभागी नभएपछि बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक पारित गरिएको हो ।

संसदको अर्को बैठक माघ १७ गते बस्ने गरी स्थगित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved