‘डाक्टर केसीलाई प्रयोग गरेर राजनीति गर्ने दिन गए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 03:54:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारितले क्रान्तिकारी फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक २०७५ पारित भएपछि आफ्नो प्रतिक्रिया दिँदै भट्टराईले काँग्रेसले आफ्नो ढिपि नछोडेका कारण बहुमतीय प्रक्रिया अपनाउनु परेको प्रष्ट पारे । काङ्ग्रेसप्रति लक्षित गर्दै उनले डाक्टर केसीलाई प्रयोग गरेर राजनीति गर्ने दिन अन्त्य भएको ठोकुवा गरे ।

संसदको शिक्षा स्वास्थ्य समितिका सदस्य समेत रहेका नेता भट्टराईले  विद्येयकमा पटक पटक छलफल भएपनि काङ्ग्रेस सकारात्मक हुने संकेत नपाएपछि यो प्रक्रिया अपनाईएको बताए । विद्येयकले डा केसीको भावनालाई समेटेको दाबी गर्दै उनले केसीलाई बधाई दिँदै अनशन तोड्न अपिल गरे ।
काङ्ग्रेसले तनहुँस्थित रहेको विपि कोइराला र नेपालगञ्ज स्थित सुशील कोईरालाको नाममा रहेका हस्पिटल सरकारले सञ्चालनको जिम्मा लिँदैन कि भनेर आशंका नगर्न आग्रह गर्दै भट्टराईले ती दुवै अस्पताल सञ्चालन गर्न  सरकारले बजेट व्यवस्थापन गरिसकेको जनाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved