ओलीबिरुद्द ड़ा केसीको भद्दा मजाक, लगाए यस्तो अमानविय आक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 07:36:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अनसनरत डाक्टर गोबिन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमाथी फेरी गम्भीर आरोप लगाएका छन। प्रधानमन्त्रीले उपयोग गर्ने   औषधिले निर्णय क्षमता प्रभावित भएको भन्दै केसीले ओलीको राजिनामा मागेका हुन। 

'सरकार सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारीबाट बिचलित भएको छ, तसर्थ विगतको निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छु' केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु दुर्भाग्यपूर्ण कुरा हो ।”

उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अनसन शुरु गर्दा पनि सोही शब्द प्रयोग गरेका थिए। केसीले प्रधानमन्त्री ओलीको स्वाथ्यमै गम्भिर अपराधको शब्द उठाएपछि यसअघि पनि निक्कै आलोचना भएको थियो । 

आलोचना पश्चात पछी हटेका केसीले संसदबाट आज (माघ १०) स्वास्थ्य चिकित्सा बिधेयक पास भएको बिरोधमा एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन। उनले यसअघिपनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमाथी यसरी नै प्रश्न उठाएका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved