जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 09:43:24 PM मा प्रकाशित

laxmi  sunrise bank

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाले ज्यान गुमाएका छन। धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको जनाइएको छ।   

करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि थप मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे छ। सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा बसमा करेन्ट लागेको प्रत्यक्षदर्शीको भनाई छ। 

बसमा ४० जनाभन्दा बढी जन्ती सवार थिए । मृतकको शव अहिले पनि बसभित्रै छ भने घटनाको विस्तृत विवराण आउन बाँकी नै छ। स्थानीयकअनुसार भर्खरै घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार र मृत्यु भएकाहरुको शव निकाल्ने काम भैरहेको छ। जन्ती सिन्धुली जिल्लाको कमलाखोजबाट बाल्टिया जाँदै गरेको थियो ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved