अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 10:58:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो । बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमा केहीबेरअघि १६ सय मिटर भिजिबिलिटी थियो । यो भिजिबिलिटीमा ‘मल्टि जेट’ इन्जिन जहाज उडान गर्न सकिन्छ तर अवतरण गर्न कठिन हुन्छ । आन्तरिकतर्फका सबै उडान अवतरण बन्द छन् । केही हेलिकोप्टरले उडान शुरु गरेका छन् । 

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय भिजिबिलिटी भएपछि अन्तर्राष्ट्रिय उडानका ८ देखि १० वटा जेड विमानले उडान भरेको जानकारी दिए । उक्त भिजिबिलिटी घटेर अहिले एक हजारमा पुगेपछि पुनः उडान अवतरण बन्द गरिएको छ । मौसममा क्रमिक सुधार आइरहेकाले अबको २० देखि २५ मिनेटभित्र उडान अवतरण सुचारु हुने एटीसी प्रमुख भण्डारीको भनाइ छ । उनका अनुसार एक हजार भिजिबिलिटीमा हेलिकोप्टरले मात्र उडान भर्न सक्छन् । अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरिकन सानो जहाजलाई १६ सय देखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ । 

आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved