बिराटनगरमा निर्मला हत्याको झल्को दिने अर्को रहस्यमयी घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 09:07:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बिराटनगरमा निर्मला पन्तको झझल्को दिने रहस्यमय घटना भएको छ   । बिराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दास मृत अवस्थामा फेला परेकी छिन। उनको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो । 

दास शनिबार साँझदेखि हराइरहेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । मृतककी आमा मन्नी देवीले छोरी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्छु भनेर निस्किएलगत्तै बेपत्ता भएको बताईन । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटनाबारे अनुसन्धान थालिएको बताए । 

गत साउनमा कन्चनपुरमा निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारी शव फेला परेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved