‘भ्यालेन्टाइन्स डे’ को सट्टा ‘बहिनी दिवस’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 02:57:41 PM मा प्रकाशित

laxmi  sunrise bank

फेब्रुअरी १४ तारिखमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइदै आईएको छ । तर, पाकिस्तानको एक विश्वविद्यालयले उक्त दिन प्रणय दिवसको सट्टा ‘बहिनी दिवस’ मनाउने घोषणा गरेको छ । कृषि विश्वविद्यालय इस्लामिक परम्परालाई कायम राख्न हरेक वर्ष फेब्रुअरी १४ मा सिस्टर्स डे मनाउने फैसला विश्वविद्यालयका उप कुलपतिले जानकारी दिएका छन् । विश्वविद्यालयले भगिनी दिवसको दिन छात्राहरुलाई स्कार्फ तथा कपडाहरु उपहारको रुपमा दिन सकिने नियम पनि तय गरेको छ ।

सन् २०१७ मा इस्लामावाद उच्च अदालतले एक आदेश जारी गर्दै भ्यालेन्टाइन्स डे माथि प्रतिबन्ध लगाएको थियो । प्रणय दिवस मनाउन मात्र नभई यस सम्बन्धी समाचार तथा समाग्रीहरु प्रकाशन प्रशारणमा समेत अदालतले रोक लगाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved