मेलम्ची खानेपानी निर्माणको ठेक्का माघ २० बाट रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 03:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का माघ २० गते रद्द हुने भएको छ । आयोजनाले इटालियन निर्माण कम्पनी सिएमसीसँगको ठेक्का रद्द भएसँगै उसको २ अर्ब २१ करोड रुपैयाँ धरौती जफत हुने जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सोमबार आयोजना गरेको छलफलमा मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्य कँडेलले ठेक्का तोडेपछि माघ २० बाट अर्को प्रक्रिया सुरु गरिने जानकारी दिए । मेलम्चीमा अहिले काम गरिरहेका सहायक ठेकेदारबाट नै बाँकी काम गराउने आयोजना प्रमुख कँडेलले बताए । ‘नयाँ ठेक्का लगाउदा लामो समय लाग्छ, नयाँ प्रक्रियामा जाँदा निर्माण सम्पन्न हुन २ वर्ष लाग्छ’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved