एकैपटक २८ सयलाई शहीद घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 12:35:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एकैपटक २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गर्ने निर्णय गरेका हो ।

यसरी घोषण भएका शहीदमा सबैभन्दा धेरै नेपाल प्रहरीबाट रहेका छन् । घोषित भएका शहीदमा एक हजार ४४८ नेपाल प्रहरी, एक हजार १८ नेपाली सेना, ३१८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ ‍औं सशस्त्र प्रहरी दिवसका अवसरमा सरकारले सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको निर्णय सुनाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved