सर्वाधिक भ्रष्टाचार हुनेमा नेपाल तेस्रो नम्बरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 01:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल, दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा परेको छ । सीपीआई प्रतिवेदनमा नेपाल गतवर्ष १ सय २२ औं स्थानमा थियो ।

नेपाल दक्षिण एसियामा भने बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेको ट्रान्सपरेन्सी इण्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीले जानकारी दिए । दक्षिण एसियामा अफगानिस्तान पहिलो र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेका छन् । ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको  अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो नम्बरमा परेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved