संसद अवरोधपछि कांग्रेसको माग पुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 03:56:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको हो ।
‘कांग्रेसको माग अनुसार दुवै अस्पताललाई केन्द्र सरकार मातहत ल्याउने निर्णय भएको छ’, स्रोतले भन्यो ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ५९ बेडको छ । तनहुँस्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै छ । सरकारले यी दुवै अस्पताल संघमा ल्याउन पूर्वाधार र आवश्यक मापदण्ड नपुग्ने बताउँदै आएको थियो । तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै भएको बताउँदै यसलाई स्थानीय तहबाटै चलाउने योजना गरिएको सरकारले जनाएको थियो ।

तर अन्य नौवटा अस्पताल संघमा ल्याएको सरकारले आफ्ना नेताका नामका दुई अस्पताल विघटन गर्ने उद्धेश्यले केन्द्रीय सरकार मातहत नल्याएको आरोप कांग्रेसले लगाएपछि सरकारले केन्द्र मातहत ल्याएको हो । दुवै अस्पताललाई केन्द्र मातहत ल्याउनु पर्ने माग राख्दै कांग्रेसले दुवै सदनमा अवरोध गर्दै आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved