प्रदेशले दिएको बिदा काठमाडौँमा लागू नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 04:34:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ ले शहीद दिवसकार अवसरमा भोली बुधबार दिएको बिदा काठमाडौँमा लागू नहुने भएको छ । प्रदेश ३ का आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेलले प्रदेशले दिएको बिदा प्रदेशभर लागू हुने बताएपनि केन्द्र सरकारले भने काठमाडौँ उपत्यकामा लागू नहुने बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेशले दिएको बिदा केन्द्रमा लागू नहुने बताए । ‘काठमाडौं उपत्यकाबाहेक प्रदेशका अरू जिल्लामा बिदा होला, प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू हुँदैन’ सुवेदीले भने । विश्वविद्यालय, बैंकहरू केन्द्र मातहत रहेकोले बिदा नहुने उनले बताए ।

तर प्रदेशमन्त्री जमरकट्टेलले भने बिदाको निर्णय गृह मन्त्रालयमा बोधार्थसमेत दिएकाले प्रदेशभरी नै लागू हुने बताए । ‘प्रदेशले सार्वजानिक बिदा दिएको हो, प्रदेशभर लागू हुन्छ’ जमरकट्टेलले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved