चप्पल लगाएर सिंहदरबार पुगेका महावीर पुनलाई भित्र छिर्न नदिएपछि.......

भावना लामा

भावना लामा

Jan 29, 2019 | 06:03:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार ११ बजे अर्थ समितिको बैठक डाकिएको थियो  । नेपाल टेलिकमको फोरजी सेवा विस्तार र लागत सम्बन्धमा छलफल गर्न डाकिएको बैठकमा महावीर पुनलाई पनि विज्ञको रुपमा आमन्त्रित गरिएको थियो  ।

अन्य सांसद भन्दा अगावै बैठक स्थल पुगेका पुनलाई सुरक्षा गार्डले चिनेनन् । गार्डले त्यहाँ आउनुको कारण बारे सोध्दा पुनले आफुलाई बैठकमा आमन्त्रित गरिएको बताए । चप्पल लगाएर सामान्य 'गेट अप'मा पुगेका पुनको कुरामा गार्डले बिश्वास गरेनन । उनलाई प्रवेश गर्न दिएनन् । पछि एक सांसद आएर उनको परिचय गार्डलाई दिदै उनलाई बैठक स्थल लिएर गए ।

पुन एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता हुन् । उनी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने अभियानमा छन् ।

उनले बैठकमा नेपाल टेलिकमको ढिलै भएपनि होस् आएको बताए उनले भने 'हामीले प्रविधिमा प्रतिस्पर्धा गर्न सकेनौ भने एनसेलले पछि पार्छ भन्ने होस् टेलिकमलाई ढिलै भएपनि आएछ' । उनले टेलिकम प्रतिस्पर्धामा आउँनको लागि फोरजी अनिवार्य रहेको र फोरजी नआए टेलिकम बन्द हुने अवस्थामा पुग्न सक्ने बताए । साथै उनले नेपाल टेलिकमको ग्राहक सेवा कमजोर रहेकोले त्यसलाई पनि सुधार गर्नु पर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved