नेपाल दक्षिण एसियामा तेस्रो धेरै भ्रष्टाचार हुने देश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 12:50:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिबेदनमा नेपाललाई १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा देखाईएको हो।

भरष्टचारको अवधारणा सूचक सीपीआई प्रतिवेदनमा गत बर्ष १ सय २२ औं स्थानमा रहेपनि नेपाल दक्षिण एसियामा भने बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले जानकारी दिए। 

दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । 

अध्यक्ष रेग्मीका अनुसार राजनीतिक कारणले भ्रष्टाचार घट्न नसकेको पाइएको हो । डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो सूचीमा परेको छ । ट्रान्सपरेन्सीले १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved