भारतमा अन्ना हजारे अनसनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 01:40:51 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा अन्ना हजारेले अनसन शुरु गरेका छन् । उनले बुधबारमा महाराष्ट्रको अहमदनगर, रालेगन सिद्धीमा लोकपाल विधेयक पारित गराउन माग गर्दै अनसन थालेका हुन । प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको भन्दै उनले अनसन सुरु गरेका हुन् ।

विधेयकमा केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त गठन गर्नुपर्ने व्यवस्था छ । दुबै संस्था उच्च न्यायलय वा निर्वाचन आयोग सरह स्वतन्त्र हुनेछन् ।

कुनै पनि मुद्दाको तीन महिना भित्र पुरा हुनुपर्ने र सुनुवाई छ महिना भित्र भईसक्नुपर्ने उल्लेख छ । यस्तै भ्रष्ट ठहर भएका नेता, उच्च अधिकारी वा न्यायाधीशलाई वर्षदिन भित्र जेल पठाईसक्नु पर्नेछ ।

कुनै पनि नागरिकको काम तोकिएको समयमा भएन भने दोषी अधिकारीले जरिवाना तिर्नुपर्नेछ । जरिवाना रकम पीडित नागरिकलाई क्षतिपूर्ति दिइने छ । लोकपालका कुनै पनि कर्मचारी विरुद्ध उजुरी परेको अवस्थामा दुई महिना भित्र छानविन गरेर बर्खास्त गरिने विधेयकमा उल्लेख छ ।
भारतमा हाल यो विधेयक लागू भएको छैन ।

भारतमा समाजसेवी मानिने हजारे १६ अगस्त २०११ मा पनि आमरण अनसन बसेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved