जनगणना–२०७८ को तयारी शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 02:04:18 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक बसी जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको हो । योसँगै जनगणना–२०७८ को तयारीका लागि कानूनी आधारको शुरूआत भएको विभागले जनाएको छ ।

विसं १९६८ देखि शुरु भएको जनगणनाको यो १२औँ शृङ्खला हो । यस पटक सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ ।

हालसम्म छ वटा प्रदेशमा छलफल भइसकेको छ । कर्णाली प्रदेशमा भने छलफल कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ ।
(रासस)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved