गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा, 'पहिलो खेल भारत र पाकिस्तानको'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 03:28:59 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको चितवको भरतपुर महानगरपालिका १५ स्थित जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो । यसका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।  

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ । क्रिकेटसँगै अन्य खेलहरू पनि खेल्न मिल्ने गरु बनाईने रङ्गशालालाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामकरण गरिएको रंगशाला निर्माणमा ३ अर्ब लागत अनुमान गरिएको छ । गुरुयोजना बन्न ६ महिना लाग्ने र आगामी अढाई वर्षभित्र निर्माण सम्पन्न भई महानगरलाई हस्तान्तरण गरिने छ ।

भरतपूर महानगरकी मेयर रेणु दाहालले रङ्गाशाला निर्माण सकेर पहिलो खेल भारत र पाकिस्ताबीच गराउने लक्ष्य रहेको बताईन् । रङ्गाशाला निर्माणका लागी चर्चित हाँस्य टेलिसिरयिल भद्रगोलले एक ला र एस ट्राभलले तीन करोड सहयोगको घोषणा गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved