८ सय सरकारी कर्मचारी कारबाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 09:12:21 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको हो । 

यसैगरी स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाउदा प्रतिवेदन तयार गर्न केन्द्रले ढिलाइ गरेको छ । निजामती, सुरक्षाकर्मीसहित अन्यको सम्पत्ति विवरण केन्द्रलाई प्राप्त भए पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण अझै बुझाएका छैनन् । प्रवक्ता लामिछानेका अनुसार अहिलेसम्म ७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । उहाँले अहिलेसम्म ८८ हजार ८९२ जना जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved