प्रधानन्यायाधीशको अर्को बोल्ड कदम: २ न्यायधीश निलम्बन, थप २ लाई स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 12:18:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बनमा परेका छन। न्यायपालिका शुद्धीकरणको अभियान थालेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले यी २ न्यायाधीशलाई निलम्बन गरेका छन् ।

निलम्बनमा पर्नेमा ललितपुर जिल्ला न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय रहेका श्रोतले जनाएको छन । न्याय सम्पादनमा बदनियत देखिएपछि यी दुवैलाई यस अघि नै न्यायपरिषद तानिएको थियो । साथै न्यायपरिषदले अन्य दुई जिल्ला न्यायाधीशलाई एक हप्ते स्पष्टीकरण सोधेको छ ।

सर्लाहीका राजेश काफ्ले र भक्तपुरका मोहम्मद जुनैद आजादलाई स्पष्टिकरण सोधेको छ । न्याय सम्पादनका क्रममा बद्नियत गरेको र न्यायिक बिचलन देखिएको भन्दै दुई जिल्ला न्यायाधीशलाई कारवाही किन नगर्ने भनेर एक साताभित्र लिखित स्पष्टीकरण मागेको हो ।

मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अवैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका संस्थालाई न्यायाधीश आत्रेयले सफाइ दिएका थिए।  न्यायधीस उपाध्यायले ३३ किलो सुन प्रकरणमा संलग्नलाई रिहा गरेका थिए ।

प्रधानन्यायाधीशको बोल्ड कदम: ३३ किलो सुनप्रकरणमा उच्च अदालतका मुख्य न्यायधीश नै कारबाहीमा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved