चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 03:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका बीच विधेयक पारित भएको हो । प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयकलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यो विधेयकले अनशनरत प्रा.डा. गोविन्द केसीको माग पुरा गरिसकेको प्रष्ट पारे । विधेयक प्रगतिशिल भएको दाबी गर्दै उनले गरिबका छोरा छोरीले पनि मेडिकल शिक्षा पढ्ने बाटो खुलेको बताए ।

डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औँ अनसनमा छन् ।

आजै बसेको प्रतिनिधि सभाको बैठकमा भने सरकारले डा केसीको माग पुरा नगरेको भन्दै कांग्रेसका सांसदहरुले अवरोध गरेपछि २० गतेसम्मका लागि स्थागित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved