सिटामोल लिएर जनताको बिचमा जान डा केसीलाई सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 07:32:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  अनसनरत डा गोबिन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ  सरकारका प्रबक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले डा केसीको सम्पूर्ण माग पुरा गरिसकेकोले अनसन तोड्न आग्रह गरेका हुन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्बजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले केसीको माग भन्दा एक कदम माथि गएर सबै माग पुरा भएको भन्दै अनसन तोड्न आग्रह गरेका हुन् । 

केसीको माग बमोजिम कै ब्यबस्था सहित राष्ट्रिय चिकित्सा शिक्षा विधयेक संसदको दुवै सदनले पारित गरेको जानकारी दिदै मन्त्री बास्कोटाले अब डा केसीले अनसन तोडेर प्राप्त उपलब्धिलाई कार्यन्वयन  गर्न सहयोग गर्न आग्रह गरे । डा केसीलाई मन्त्री बास्कोटाले भने ' अब अनसन तोडेर मल्हमपट्टी र सिटामोल लिएर जनताको बिचमा जानु, यसको कार्यन्वयनको लागि खबरदारी गर्नु, यसमा नै महानता हुनेछ'। साथै मन्त्री बास्कोटाले डा केसीलाई बोक्ने हरुलाइ नै उनको अनसन तोडाउन आग्रह गरे । 

उता डा केसीले भने अनसन जारि राख्ने बताएका छन् । 

आज नै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डा केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेका छन् । देउवाले आफ्नो ज्यान जोखिममा नपर्न डा केसीलाई आग्रह गरेका हुन् । लामो लडाइँ लड्नु छ भन्दै देउवाले अनसन तोड्न आग्रह गरेका हुन् ।  आफू र आफ्नो पार्टीको मात्र नभई सबै नेपालीको भावना भन्दै देउवाले अनसनबाट उठ्न आग्रह गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved