प्रकाण्डका छोरा नाइन एमएम पेस्तोलसहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 11:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन। कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्।

पक्राउ परेका नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको बताइएको छ।  यति एयरलायन्सको जहाजबाट साँझ ५:५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा नरेन्द्र पक्राउ परेका हुन। 

यद्दपी नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए।

श्रेष्ठकाअनुसार गोलीसहित पक्राउ परेका युवाको पृष्ठभूमि भने खुल्न सकेको छैन। डीएसपी श्रेष्ठले उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए। गोलीसहित पक्राउ परेका युवाका बारेमा विस्तृत अनुसन्धानपछि मात्रै भन्न सकिने श्रेष्ठको भनाई छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved