पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2019 | 08:40:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढेको जनाएको छ। 

नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ।

गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९५ रुपैयाँ प्रतिलिटरमा झरेको थियो ।

आज (माघ १९) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलको साविकको मूल्य समायोजन गरेको निगमले जनाएको छ ।खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ । खाना पकाउने ग्यासमा अझै पनि निगमलाई प्रति सिलिण्डर ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको आयल निगमले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved