पोखरा महानगरद्वारा गाडीमा आगजनी'को भर्त्सना, नेविसंघलाई आपराधिक जथ्थाको संज्ञा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2019 | 10:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बिदाको दिनमा समेत नियम काममा प्रयोग गरिएको सरकारी गाडीमा भएको आगजनीप्रति पोखरा महानगरपालिकाले भर्त्सहना गरेको छ। आज (माघ १९) एक बिज्ञप्ती जारि गर्दै महानगरले बा१झ ५८७९ नम्बरको निसान पिकअप भ्यान कार्यालयको पूर्वनिधारित काममा प्रयोग भइरहेको अवस्थामा आगजनी गरेको घटनाप्रति भर्त्सहना गरेको गरेको हो।    

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले शनिबार जारी गरेको विज्ञप्तिअनुसार सरकारी कामको सिलसिलामा गुडिरहेको सवारी साधनलाई रोकेर चालकलाई बलपूर्वक बाहिर निकाली गाडीमाथि तोडफोड तथा आगजनी गरिएको गरिएको हो। 'नागरिकले तिरेको करबाट आर्जित सरकारी सम्पत्तिमा क्षति पु¥याएर महानगरको कामकारबाहीमा अवरोध पु¥याउने कार्यको घोर भत्र्सना गरिएको छ' बिज्ञप्तीमा भनिएको छ।    

‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र उद्देश्य बमोजिम महानगरबासीलाई भरपर्दो सेवा सुविधा उपलब्ध गराउने कार्यमा महानगरपालिका निरन्तर लागिरहेकै छ,’ विज्ञप्तिमा भनिएको छ,‘पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा रिक्त रहेका विभिन्न पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार तय गरिएको लिखित परीक्षा सञ्चालन गर्न शिक्षा महाशाखा प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको र उहाँलाई लिन जाने क्रममा उक्त सवारी साधनलाई आगजनी गरी पूर्णक्षति गराइएको आम नागरिकलाई जानकारी गराउँदछौं ।’

‘लोकतन्त्रमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र विरोध जनाउन पाइने अधिकार सुरक्षित हुँदाहँुदै यस प्रकारका आपराधिक र गैरकानुनी कार्य संविधान र प्रचलित कानुन विपरीत भई दण्डनीय हुने ठहर्छ,’ प्रवक्ता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो घटनाको तत्काल अनुसन्धान गरी संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्न पोखरा महानगरपालिका सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछ ।’

शनिबारको दिनमा समेत सरकारी गाडी प्रयोग गरेको आरोप लगाउदै नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको हो। बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको नेवि संघ कास्कीका नेता सरोज केसीको दाबी छ। दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ ।

यसैबीच, प्रहरीले गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई पक्राउ गरेको छ । नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला-ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका हुन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved