कांग्रेसद्वारा संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 02:53:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ । संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै काङ्ग्रेसले बैठक बहिष्कार गरेको हो ।

समितिको आईतबारको बैठकमा संवैधानिक परिषदको ६ माघमा बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक कांग्रेसले बहिष्कार गरेको हो । नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषद बैठकले गरेका सिफरिसमा सुनुवाई गर्न बोलाइएको बैठकमा सहभागी हुन नसक्ने धारणा समितिमा पेश गर्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो । कांग्रेसबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुषालले बैठक बहिष्कार गरेका हुन् ।

सांसद कार्कीले विपक्षी दलको नेताको अनुपस्थितिमा संविधान र कानुन विपरित एकलौटी ढंगले गरेको संवैधानिक परिषद बैठकको निर्णय आफ्नो पार्टीलाई मान्य नहुने बताए ।

काङ्ग्रेस सांसदले बैठक बहिष्कार गरे पनि समितिले प्रस्तावित संवैधानिक आयोगका प्रमुखहरुको सुनुवाईका लागि उजुरी आह्वान गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको निर्णय बदर गर्ने अधिकार समितिलाई नरहेको उल्लेख गर्दै सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न उजुरी आह्वान गरिएको जनाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved