वनमन्त्री बस्नेतको भतिजीको रहस्यमयी मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 03, 2019 | 04:15:07 PM मा प्रकाशित

laxmi  sunrise bank

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा भेटिएकी छन्। उनी आफु बसिरहेको अपार्टमेन्टको कोठामा मृत अवस्थामा भेटिएकी हुन्। ललितपुरका प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार सलको पासो लगाएको अवस्थामा उनको शव उनी बस्ने बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा  भेटिएको हो । 

आइतबार बिहान १० बजेसम्म पनि सुतेको कोठाको ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। ढोका फोरेर हेर्दा प्रहरीले पासो लगाएको अवस्थामा उनको शव फेला पारेको हो।  घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको  भनाइ छ। 

मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved