पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 08:24:59 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा क्षेत्रमा सबै किसिमका खेलकूदको विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् । 

पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा ४२ औँ अभिभावक दिवस समारोहको उद्घाटन गर्दै उनले पोखरा र आसपासमा एक हजार रोपनीसम्मको जग्गा उपलब्ध भएमा सरकार अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने सोचमा रहेको जानकारी दिए । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले समयको मागअनुरुप शिक्षा नीति परिमार्जित हुनुपर्ने बताए । उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै अभिभावकलाई सम्मान गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved