संसदमा सभामुख र प्रतिपक्षीको भनाभन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2019 | 08:03:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । 
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयमा टुङ्गो नलाग्दासम्म संसद् चल्न नदिने अडान लिए । सभामुख पूर्णबहादुर घर्तीले नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकाललाई समय उपलब्ध गराएर बोल्न थाल्दा होहल्ला गरेपछि प्रतिपक्षी दलका प्रदेशसभा सदस्य र सभामुख घर्तीबीच झण्डै पाँच मिनेट भनाभन भएको थियो । 

होहल्ला गर्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्य रोस्टममा उभिएका बेला सभामुख घर्तीले आसनग्रहण गर्न आग्रह गरेका थिए । आसनग्रहण नगरेपछि सभामुख घर्तीले २४ गतेसम्मका लागि प्रदेश नं ५ को प्रदेशसभा स्थगन भएको घोषणा गरे  । प्रतिपक्षी दल काङ्ग्रेसका १९ प्रदेशसभा सदस्य रहेको प्रदेश नं ५ मा आज १० प्रदेशसभा सदस्य सहभागी थिए । 

सभामुख घर्तीले बैठकको एजेण्डामा नभएको विषयलाई लिएर प्रदेशसभा अवरोध गर्न नहुनेमा जोड दिँदै सहमतिको विन्दुमा पुग्नुपर्ने बताए । उनले सत्तापक्षको धारणा आएपछि मात्रै विषयको टुङ्गो लाग्ने उल्लेख गर्दै स्थायी राजधानीको विषय राजनीतिक दलको विषय भएको बताए । 

नेकपाका सचेतक ढकालले राजधानी कहाँ बनाउने भन्ने विषय राजनीतिक भए पनि प्रदेशसभाले टुङ्गो लगाउनु पर्ने बताए । प्रदेश नं ५ प्रतिपक्षी दलका नेता शर्माले स्थायी राजधानी र नामकरणका विषयमा बनेको समितिले कुनै काम गर्न नसकेको जिकिर गर्दै तीन जिल्ला छुटेकाले नाम थप गर्न सत्तापक्षबाट अनुरोध आएकाले आफूहरु नाम थप गर्ने पक्षमा नभएको बताए  । उनले राजनीतिक सहमतिबाट स्थायी राजधानी र नामकरण टुङ्गो लागे पनि घोषणा प्रदेशसभाबाट हुने बताए । 

“सरकारले सहमति चाहेकै छैन, उहाँहरुले दुई तिहाइको सोच राख्नुभएको छ,” उनले भने । प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved