मध्यरातमा बाइकलाई ठक्कर दिएर भाग्यो टिपर, एक जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 08:48:08 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा  ना ५ ख ८०८४ नम्बरको टिप्परले  ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । अर्का एक जना  घाइते भएका छन् । 

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षका श्याम विक रहेका छन् । घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैहरेको छ ।

ठक्कर दिएपछि भागेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved