देशभरको मौसम बदली: भारी बर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 09:15:13 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान बिभागले आज बुधबारदेखि देशभारको मौसम बदलि हुने जनाएको छ । बिभागले ३ दिनको मौसम पूर्वानुमान गर्दै भारी बर्षा र हिमपातको सम्भंवा रहेको बताएको हो । हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन बिभागले आग्रह गरेको छ। पहाडी क्षेत्रका स-साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ।

यस्तो छ बिभागको आगामी ३ दिनको मौसम पूर्वानुमान ।

जारी मिति : माघ २३ गते (बुधवार) बिहान ६:०० बजे

  

माघ २३  गते (बुधबार)

दिउँसो :   देशका पश्चिमि भू-भागमा पूर्ण  बदली , मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने संम्भाबना छ। पश्चिमि भू-भागका थोरै स्थानमा हल्का बर्षा र पश्चिमि र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि संम्भावना रहेको छ। 


राति
 : देशभर सामान्य देखि पूर्ण  बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षा  सम्भावना रहेको छसाथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको पनि संम्भावना रहेको छ।

माघ २४ गते (बिहिबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र देशको पश्चिमि साथै मध्य भु-भागको १-२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ| 


राति
 : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा  र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ| 

माघ २५ गते (शुक्रबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ| 


राति
 : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छदेशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved