कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 03:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठकमा हालै सकिएको महासमिति बैठकले पारित गरेको विधान र अन्य दस्तावेज कार्यान्वयनको बारेमा छलफल हुने बताईएको छ ।

केन्द्रीय समिति बैठकले पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको बारेमा निर्णय गर्ने कार्यसूची रहेको छ । नेविसंघमा नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको पाँच महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले माघ २ गतेबाट नेविसंघलाई काम चलाउ बनाएको थियो । आजको बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि समय थप्ने भन्नेबारे निर्णय लिनेछ ।

बैठकले सरकारको विरुद्धमा देशभर भएका प्रदर्शनको समीक्षा गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved