देशभरको मौसम बदली: ३ दिनसम्म भारी बर्षा र हिमपात, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2019 | 09:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार देशै भरिको मौसम बदलि भएको छ। जल तथा मौसम पूर्वानुमान बिभागले आज बिहिबार देखि ३ दिनसम्म देश भर नै बर्षा र हिमपात हुने जनाएको छ । बिभागले ३ दिनको मौसम पूर्वानुमान गर्दै भारी बर्षा र हिमपातको सम्भंवा रहेको बताएको हो । हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन बिभागले आग्रह गरेको छ। पहाडी क्षेत्रका स-साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ।

यस्तो छ बिभागको आगामी ३ दिनको मौसम पूर्वानुमान ।

जारी मिति : माघ २४ गते (बिहिवार) विहान ६:०० बजे

  

माघ २४ गते (बिहिबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। पश्चिमि र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र पूर्वि भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना देखिन्छ साथै पश्चिमि र मध्य भु-भागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने  मध्य र पश्चिमी  उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ| 


राति
 : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा  र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ| 

माघ २५ गते (शुक्रबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ| 


राति
 : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ। 

माघ २६ गते (शनिवार)

दिउँसो : देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

राति : देशको मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पश्चिमि भेगमा सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ।देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved