आज पनि भारी बर्षा र हिमपातको सम्भावना, कहिले खुल्छ मौसम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 08:39:51 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार पनि देशै भरिको मौसम बदलि भएको छ। जल तथा मौसम पूर्वानुमान बिभागले आज शुक्रबार पनि भारी बर्षा र हिमपात हुने अनुमान गरेको छ । पश्चिमी वायुको प्रभावले देशैभर बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिभागले शुक्रबार र शनिवार मौसम यस्तै रहने र आइतबारदेखि खुल्ने बताएको छ ।  हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन बिभागले आग्रह गरेको छ।  

यस्तो छ बिभागको आगामी ३ दिनको मौसम पूर्वानुमान ।

जारी मिति : माघ २५ गते (शुक्रबार) विहान ६:०० बजे

माघ २५ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ| 

राति : देशको पुर्वी  भूभागमा  पूर्ण  बदली र बाँकि भूभागमा  सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ। 

माघ २६ गते (शनिवार)
दिउँसो : देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ।  मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

राति : देशको मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पश्चिमि भेगमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ।देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

माघ २७  गते (आइतवार)
दिउँसो : देशको पश्चिमि भेग लगायत मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदलि रहनेछ भने अन्य भेगमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका १-२  स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भेगका १-२  स्थानहरुमा हल्का  हिमपातको संम्भावना रहेको छ।

राति : देशको पश्चिमि र मध्य  भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पूर्वी  भेगमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी र मध्य  उच्च पहाडी तथा हिमाली भेगका १-२  स्थानहरुमा हल्का  हिमपातको संम्भावना रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved