पर्यटन क्षेत्र मास्ने नियतले वाइडबडी र फेक रेस्क्युको गलत प्रचार गरियो: मन्त्री अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 12:23:37 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले फेक रेस्क्युको समस्या ९९ प्रतिशत समाधान भएको दाबी गरेका छन् । विदेशी सञ्चारमाध्यममा नेपालमा फेक रेस्क्यु हुने गरेको र संलग्नलाई कारबाही नगरे बिमा कम्पनीले बीमा वापतको रकम नै रोक्ने चेतावनी दिएको खबर आएपछि मन्त्री अधिकारीले नेपालका पर्यटन क्षेत्रलाई मास्ने नियतले यस्ता समाचार आएको दाबी गरे ।

पर्यटन क्षेत्रलाई ध्वस्त पार्ने नियतले नेपाल वायु सेवा निगम सक्न वाइडबडी प्रकरण र फेक रेस्क्युको प्रकरणलाई बढाई चढाई गरेको उनको दाबी छ । वायु सेवा निगम भित्र केही अनियमिता भएको स्वीकार गर्दै मन्त्री अधिकारीले त्यसलाई निर्मूल पार्न सरकार लागेको बताए ।

पछिल्लो तथ्यांकमा विदेशबाट नेपाल आउने यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो भएको उनको दाबी छ । विगत वर्षमा विदेशी एयरलाइन्सले धेरै यात्रु बोक्ने गरेकोमा यसपाली एनएसीले जितेको भन्दै नेपाल वायु सेवालाई थप बलियो बनाउन अझै जहाज थपिने मन्त्री अधिकारीको भनाई छ ।

सन् २०२० मा २० लाख पर्यटक ल्याउने पूर्वाधारको विकासमा सरकारमा लागेको भन्दै उनले गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा अघि बढेको बताए । उनले बन्द अवस्थामा रहेका विमानस्थलाई सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको बताए । जनकपूर लगायतका एयरपोर्टमा रात्री उडान समेतको प्रयास भईरहेको बताए ।

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)ले आयोजना गरेको लोसार विशेष कार्यक्रममा मन्त्री अधिकारीले आर्थिक विकासको दर्विलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई मास्ने नियतले विभिन्न अफवाह फैलाउने तत्वलाई सरकारकाले परास्त गरेरै छोड्ने दाबी गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved