प्रदुषण कर हट्यो, घरबहाल कर बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 01:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्लावासीको चर्को विरोधपछि इलामको इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो । सङ्घीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । सङ्घीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि आफूहरुले यो कर उठाउन थालेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । 

यस नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदुषण नियन्त्रण कर भनेर लिँदै आएको थियो । अब फागुन १ गतेबाट सो कर नलिने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताए । त्यस्तै नगर कार्यपालिकाको बैठकले घरबहाल कर बढाउने निर्णय गरेको छ । हालसम्म इलाम नगरपालिकाले घरबहाल कर भनेर सात प्रतिशत लिँदै आएको थियो । अब आउँदो आर्थिक वर्षबाट घरबहाल कर १० प्रतिशत लिइने नगरप्रमुख बस्नेतले जानकारी दिए । प्रदेश सरकारबाट नै न्यूनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर बढाउन लागिएको प्रमुख बस्नेतको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved