नक्कली नोटसहित ३ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 05:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । 

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताए । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved