रेलले किचिएको अवस्थामा २ युवतीको शव फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 07:17:32 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो । 

रेलले किचिएको अवस्थामा दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । दुवै वीरगञ्जस्थित रानीघाटमा डेरा गरी बस्दै आएका थिए । उनीहरु वीरगञ्जको पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत थिए । प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले घटनाबारे विस्तृत जानकारी लिने काम भइरहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved