फेरी पश्चिमी वायुले मौसम बदली, के पर्छ प्रभाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 09:28:37 AM मा प्रकाशित

laxmi  sunrise bank

३ दिन लगातार बर्षा र हिमपात भएपछि आइतबार खुलेको मौसम फेरी बदलि हुने संकेत देखिएको छ । आइतबार बेलुकीपख नै भित्रिएको अर्को पश्चिमी वायुले सोमबार पश्चिमी पहाडी भूभागसहित देशका अन्य ठाउँमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तर पश्चिमी वायुको प्रभाव कमजोर देखिएकाले ठूलो पानी पर्ने सम्भावना भने छैन  । 


यस्तो छ बिभागको आगामी ३ दिनको मौसम पूर्वानुमान ।  



जारी मिति : माघ २८ गते (सोमवार) बिहान ६:०० बजे

माघ २८ गते (सोमवार)


दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंसिक बदली रहने। उच्च पहाडी भेगका १-२ स्थानमा हल्का  वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।


राति : देशको पश्चिमी र मध्य भु-भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

माघ २९ गते (मंगलवार)

दिउँसो : देशको पश्चिमी भु-भाग साथै पुर्व र मध्यका पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

फाल्गुन ०१ गते (बुधवार)

दिउँसो : देशको पश्चिमी भु-भाग साथै पुर्व र मध्यका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभरी आंसिक देखि सामान्य बदली रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved