Announcement IPO Result



बिजपाटी सम्बाददाता     Feb 11, 2019 | 10:32:19 AM



ruslan ruslan

ललितपुरको भैँसेपाटीस्थित एक फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  भैसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी भएको हो ।आगलागीका कारण डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम जलेर नष्ट भएको छ।

दिउँसो सवा १ बजेबाट सुरु भएको आगलागी अहिले नियन्त्रममा आएको छ । ललितपुर र काठमाडौँका दमकलका साथमा ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।आगलागीको कारण खुल्न सकेको छैन । घटनाको बिस्तृत  विवरण आउँन बाँकि छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7