स्वार्थि तत्त्वहरु बिदेशी लगानी भित्रिन नदिन सक्रिय भए : प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 06:22:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरूले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरेका छन्। जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरूलाई निराश बनाउने अनुचित र अनुपयुक्त प्रयास भइरहेको भन्दै त्यसप्रति पीएम ओलीले आपत्ति जनाए।

प्रधानमन्त्री ओलीले चैत दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरू पनि सक्रिय भइरहेको दाबी गरे। सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरूद्ध लड्न सबैलाई आह्वान गरे।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए। मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

फाइल फोटो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved