नेविसंघको कार्यसमिति भंग, सबै मनोनयन बदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 08:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले नेपाल विद्यार्थी संघमा भएका मनोनयनलाई बदर गर्दै कार्यसमिति भंग गरेको छ। मंगलबारको बैठकले कार्यसमितिको मिति थप नगर्ने निर्णय गर्दै अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो। 

सोमबार मात्रै नेवि संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका थिए। नेवि संघको महाधिवेश समयमै हुन नसकेपछि कार्यसमितिको म्याद पटक पटक थप्दै आइएको थियो। महरले अघिल्लो मिति राखेर केही मनोनयन गरेका थिए।

बैठकले नेवि संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद समेत दिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved