मन्त्री यादवकी बुहारीको निधन, एक स्थानीय तहमा सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 08:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । यादवकी बुहारी  मनिषा यादवको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो   क्यान्सर रोगको उपचार गराइरहेकी यादवको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 राजविराज माइतीघर भएकी मनिषा र मन्त्री यादवका छोरा अमरेन्द्रको विवाह २०७२ सालको वैशाखमा भएको थियो। मनिषा र अमरेन्द्रकी दुई वर्षकी छोरी छिन् । २७ वर्षीया मनिषालाई विवाह भएको एक वर्षपछि क्यान्सर भएको पत्ता लागेको थियो।

 उनको निधनको शोकमा सप्तरीको महादेवा गाउँपालिकाले फागुन १ गते बुधबारका दिन गाउँपालिका र वडा कार्यालय बन्द रहने गरी सार्वजनिक विदा दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved