कर छल्ने भन्सारअधिकृतसहित ८ जना बिरुद्द मुद्दा दायर, ६० करोड बिगो माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 03:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत सहित ८ जना बिरुद्द राजश्व चली गरेको आरोपमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ  । अख्तियारले कार्यालयका भन्सार अधिकृत पवित्र कुमार खडका, नासु धिरज कुमार थापा ८ जना बिरुद्द मुद्दा दायर गरेको हो  । अख्तियारले उनीहरु सबै संग जनही ७ करोड ५९ लाख ६३ हजार १ सय ९० रुपियाँको बिगो माग दाबी गरेको छ ।



उनीहरुले राजश्व कम तिर्ने नियतले एउटा मुलुकमा बनेको सामानलाई अर्को मुलुकको भनी उत्पत्तिको मुलुक फरक पारेको, मालवस्तुको चारित्रिक गुण, नाप, आकार जस्ता विवरण फरक पारेको, थाइल्याण्ड बनेको समानलाई चाइनामा बनेको भनी उल्लेख गरेको, यस्तो अवस्था हुँदा भन्सार अधिकृतले कारबाही गर्नुको साटो मिलेमतो गरी समान काठमाडौँ ल्याउन सहयोग गरेको आरोप लागेको छ । अख्तियारले उनीहरु बिरुद्द कुल ६० करोड ७७ लाख ५ हजार ५ सय २० रुपियाँ बिगो सहित आज बिशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved