अख्तियारका आयुक्त पाठकमाथि महाअभियोगको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 02:31:52 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने भएको छ । घुसकाण्डमा मुछिएका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाईने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बताएका छन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस लिएको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् ।

संसदको शिक्षा समितिका सदस्य समेत रहेका योगेश भट्टराईले आयुक्त पाठकले राजिनामा दिनुपर्ने र नदिने महाअभियोग लगाईने बताएका छन् । भट्टराईले भने, ‘राजिनामा दिनु भएन भने महाअभियोगको बाटो त छँदैछ ।’

भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved