सभासदबीच समितिको बैठकमा झन्डै कुटाकुट! (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2019 | 05:22:19 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिको बैठकमा समिति सदस्यबीच भनाभन भएको छ। बिहिबार (माघ २) गते प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यस्तो भएको हो। 

भारत, मलेसिया, युएई र इजरायलका लागि नव नियुक्त राजदुतहरुसंग उद्योग, बाणिज्य र श्रमसंग सम्बन्धित बिषयहरुमा तथा मलेसियामा नेपाली कामदारको रोजगारी सुचारु गर्ने सम्बन्धमा छलफल गर्न डाकिएको समितिको बैठकमा सभापति विमल श्रीवास्तव र सभासद तथा समिति सदस्य कृष्ण कुमार श्रेष्ठ र लाल प्रसाद साँवा लिम्बुबीच भनाभन भएको हो। 

छलफलमा सुरुदेखिनै कोरमको बिषयलाई इस्यु बनाउदै आएका सभासद कृष्ण कुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई आफ्नो भनाई राख्न दिने सभापतिको निर्णयप्रति असन्तुष्टि जनाए। 

पुर्व म्यानपावर व्यवसायी समेत रहेका सभासद श्रेष्ठको असन्तुष्टिकाबीच पनि सभापति श्रीवास्तवले संघका अध्यक्ष गुरुङलाई बिभिन्न देशका राजदुतहरुलाई बैदेशिक रोजगारको अवस्थाबारे उनीहरुले गर्नुपर्ने कामबारे आफ्नो धारणा राख्न अनुमति दिए। 

आफुले आज कुनै निर्णय नलिने भएकाले कोरमको अर्थ नहुने भन्दै बैठकलाई सुचारू राख्न निर्देशन दिएका सभापति श्रीवास्तवको भनाईप्रति श्रेष्ठले  पटक पटक बिरोध गरे। सभापति श्रीवास्तवले आफुले जसरि पनि कोरम पुर्याउने भनेपछि सभासद श्रेष्ठसंगै म्यानपावर व्यवसायी महासंघका पुर्वअध्यक्ष समेत रहेका लाल प्रसाद साँवा लिम्बुले पनि सभापतिको भनाईमा आपत्ति जनाए। 

दुवै सभासदले सभापतिले एजेन्डाबिना नै रोहन गुरुङलाई बोल्न दिएको भन्दै आफुले गरेको हस्ताक्षर समेत फिर्ता लिने चेतावनी दिए। त्यसपछि दुई सभासद र सभापतिबीच झन्डै कुटाकुटको अवस्थामा भनाभन हुन पुग्यो। टेबलमा हात बझार्दै आफुहरुले बैठक बहिस्कार गर्ने भन्दै दुवै सभासदले बैठक कक्ष छाडेर बाहिरीएपछि सभापति श्रीवास्तवले बैठकलाई पुन निरन्तरता दिए। 

सभासदसंगै अन्य उपस्थितहरुपनि बाहिरिएपछि केहिसमय सभापति सहित ४ जना सभासद र उद्योग तथा बाणिज्य मन्त्रालयका सचिब, श्रम मन्त्रालयका सचिब र सहसचिब तथा आमन्त्रित राजदुतहरुले मात्र छलफललाई निरन्तरता दिएका थिए। यस समितिमा २४ सदस्य रहेपनि छलफलका दिन ४ जनाको मात्रै उपस्तिथी थियो।       


हेर्नुस भिडियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved