पर्यटन मन्त्रालयको एक अर्ब बेरुजु रकम फर्छ्यौट हुन सकेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 10:12:55 AM मा प्रकाशित

laxmi  sunrise bank

महालेखा परीक्षकको प्रतिवेदनले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको गत वर्षको बेरुजु ९९ करोड ७६ लाख रुपैयाँ रहेको देखाएको छ । प्रतिवेदनले मन्त्रालयको बेरुजु १ अर्ब १६ करोड रुपैयाँ देखाएकोमा हालसम्म १४ प्रतिशत मात्रै फर्छ्यौट भएको छ ।

बेरुजुको फर्छ्यौट हुन नसकेपछि मन्त्रालयले मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको छ । कार्यदलको सदस्यहरुमा गोपि चन्द्र भण्डारी, प्रकाश शर्मा ढकाल, सदस्य सचिव विष्णु ज्ञावाली रहेका छन् ।

मन्त्रालयको बेरुजु रकम धेरै भएको भन्दै गत माघ २९ गते पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाको अध्यक्षतामा मन्त्रालय अन्तरगतका निकायहरु (आयोग, विभाग, बोर्ड, प्रतिष्ठान, परिषद, संस्थान र समिति) का कार्यकारी प्रमुख र लेखा प्रमुखको बैठकमा ७ बुँदे प्रस्ताव तयार पारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठक पछि मन्त्रालयले आर्थिक बर्ष २०७५/०७६ मा फर्छ्यौट गर्नुपर्ने बाँकी बेरुजु (असार मसान्तसम्मको गरी) ७ दिनभित्र मन्त्रालयमा पेश गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै महालेखा परीक्षकको ४९ औँ देखी ५५ औँ वार्षिक प्रतिवेदनको भाग १ मा समाबेस भएको बेरुजुको जवाफ ७ दिनभित्र मन्त्रालयमा पेश गर्न अनुरोध गरेको छ ।

मन्त्रालयको चेकबाट निकासा पठाएको अनुदान रकम खर्च हुन नसकी बाँकी रहेमा आर्थिक वर्ष समाप्त हुनु अगावै चेक मार्फत मन्त्रालयलाई अनिर्वाय रुपमा फिर्ता गर्न, बेरुजुको फर्छ्यौट मासिक र वार्षिक प्रगति तोकिएको ढाँचामा पठाउन, सबै निकायहरुले नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्फको आफ्नो भौतिक तथा वित्तिय प्रगति नेपाल सरकारबाट स्वीकृत ढाँचामा पठाउन, बेरुजु फछ्यौट गर्न बाँकी बेरुजुको तोकिएको अभिलेखमा उतार गराइ अध्यावधिक राख्ने व्यवस्था राख्न समेत भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved