अख्तियार आयुक्त पाठक विरुद्ध आजै महाअभियोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 12:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक विरुद्ध आजै महाअभियोग दर्ता हुने भएको छ । एउटा निजी कलेजसँग ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि सत्तारुढ दल नेकपा उनलाई महाअभियोग लगायने तयारीमा जुटेको हो ।

पाठकविरुद्ध हस्ताक्षर अभियान सुरु भइसकेको र आजै महाअभियोग दर्ता गर्ने तयारी गरिएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ‘आजै महाअभियोग दर्ता गर्ने तयारीमा छौँ, यो प्रकरणमा ढिलाई गर्न हुन्न’ नेम्वाङले भने, ‘बेलुकीसम्म महाअभियोगको प्रस्ताव दर्ता हुनसक्छ ।’

नेकपाका स्थायी समिति सदस्य समेत रहेका सांसद योगेश भट्टराईका अनुसार महाअभियोग दर्ताका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि कुराकानी गरिनेछ । कांग्रेससहित सत्तारुढ संघीय समाजवादी फोरम, राजपासँग पनि कुराकानी गरिने नेकपाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved