१२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 01:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरेको हो । 

सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन् । बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर तोकिएको छ । 

पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा तोकिएको छ । यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाउँपालिकाको नाम खप्तड छेदेदह गाउँपालिका राखिएको छ ।

यस्तै, बझाङको काँडा गाँउपालिकाको नाम साइपाल, डोटीको वोगटान गाँउपालिकाको नाम  वोगटान–फुड्सिल र सायल गाँउपालिकाको केन्द्र ओमनगर तोकिएको छ । डडेल्धुराको नवदूर्गा गाँउपालिकाको केन्द्र सल्ला–बान्चौर, बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे राखिएको छ ।

यस्तै, धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा र लेकम गाँउपालिकाको केन्द्र रातामाटा कायम गरिएको छ । संघीय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved