महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त पाठकको राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 03:32:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजिनामा दिएका छन। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार आयोगका आयुक्त पाठकले राजीनामा दिएका हुन।  

नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी पाठकले आयुक्त पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

संसदले पाठकमाथि महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राजीनामा दिएका हुन। अख्तियार दुरुपयोग आयोग जस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो । 

राष्ट्रपतिबाट राजीनामा स्वीकृत नभएको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्नेछ। राजीनामा स्वीकृत भएको अवस्थामा भने  पाटकमाथि कारवाही गर्ने अधिकार अख्तियारसंग रहनेछ। भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा मुछिएपछि पाठकले राजिनामा दिएका हुन।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved