लुम्बिनी विकास कोषले कहिले पाउँछ सदस्य सचिव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 05:33:17 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास कोष सदस्य सचिव विहिन भएको वर्षदिन पुगेको छ । सरकारले विष्णु प्रसाद ढकाललाई सदस्य सचिवमा नियुक्ति गरेपछि सरकारको विरुद्धमा उजुरी परेको थियो ।

अघिल्लो सरकारले आवेदन माग गर्दा २२ जनाले सदस्य सचिवको लागी आवेदन दिएकोमा वर्तमान सरकारले सूचना रद्द गर्दै आवेदन दिएकामध्ये भन्दा बाहिरबाट नियुक्ति गरेपछि सरकार विरुद्ध मुद्दा परेको थियो । त्यसैकारण कोषले हालसम्म सदस्य सचिव पाउन सकेको छैन । आवेदन दिएका २२ जनाको योजना सहित लक्ष्य समेत सुनिसकिएको अवस्था र नियुक्तिको अन्तिम समयमा सरकारले सूचना नै रद्द गरेको थियो ।

कोषका कोषाध्यक्ष सुरेन्द्रमणी शाक्यका अनुसार सरकारले विष्णु प्रसाद ढकाललाई सदस्य सचिवमा मनोनित गरेको थियो । खुल प्रतिस्पर्धाबाट गर्नुपर्ने नियुक्ति मनोनितबाट भएपछि उजुरी परेको हो । उक्त मुद्दा अदालतमा विचाराधिन छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्याय सरकारले सर्तहरु पूरा गराएरै नियुक्ति गरेको दाबी गर्छन् । तर खुला प्रतिस्पर्धाबाट नभई छोटो बाटोबाट मनोनित गरिएपछि अदालतमा मुद्दा परेको हो । अब अदालतको आदेश नआएसम्म कोषले सदस्य सचिव पाउने छैन । अर्को सूचना जारी गरी आवेदन माग गर्न पनि नमिल्ने सरकारले जनाएको छ ।

वर्तमान सरकार बनेपछि अघिल्लो सरकारका नियुक्ति बदर गर्ने क्रममा लुम्बिनी विकास कोषको सदस्य सचिवका लागी माग भएको आवेदन पनि रद्द भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved